कारागार बसेका नेताहरूलाई सम्मान

0 18

lockup

काठमाडौँ, १८ मङ्सिर । गणेशमान सिंह केन्द्रले यस वर्ष नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

विसं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने योजना बनाएको छ ।

केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले सिंहको सङ्घर्षमय जीवन र वैचारिक पाटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने त्यागी पुराना नेतालाई सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले अबको नयाँ पुस्ताले इतिहासको पनि अध्ययन गर्नुपर्ने बताउँदै सिंहको निष्ठाको राजनीति सबै दलका राजनीतिकर्मीले आदर्श र प्रेरणाका स्रोतका रुपमा लिनुपर्नेमा पनि जोड दिनुभयो ।

केन्द्रले आगामी पुस २ गते सो सम्मान दिने कार्यक्रम छ । केन्द्रले जर्मनी र बेल्जियममा आफ्नो शाखा गठन गरिसकेको र अन्य मुलुकमा विस्तार गर्ने क्रममा रहेको बताइएको छ । केन्द्रले हालसम्म काठमाडौँ उपत्यकाका कलेजस्तरका करिब २५० विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ । रासस