मधेशी मोर्चा फकाउने प्रयासमा प्रचण्ड, बालुवाटारमा वार्ता जारी

December 01 2016 04:20

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउने प्रयासमा जुटेका छन् । हिँजैमात्र मोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव सबैको हितमा नरहेको भन्द्र त्यसलाई अस्वीकार गर्ने निर्णय लिएपछि प्रधानमन्त्री प्रचण्ड उनीहरुलाई मनाउने प्रयासमा लागेका हुन् ।

puspakamal-dahal-morcha-meeting-650x366

उनले आज बिहानै मोर्चाका नेताहरूसँग वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा संशोधन संशोधनलगायतका राजनीतिक विषयमा छलफल भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । संशोधनका विषयमा मधेसी मोर्चाले पनि असन्तुष्टि जनाएपछि दाहालले शीर्ष नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । बैठकमा मधेसी मोर्चाका साथै कांग्रेस र माओवादी केन्द्रका नेताहरू समेत सामेल भएका थिए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top