विप्लबले छोरा प्रकाशलाई ५० लाखको बाईक किनेकै हुन् त?

0 9

biplov

मंसिर १४ । नयाँ जनयुद्धको लागि नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको माओवादीले चन्दा असुलेर नीजी प्रयोजनमा खर्च गरेको भन्दै फुर्सद न्युज डटकमले समाचार सम्प्रेषण गरेको छ ।

आज विप्लबले फेसबुकमा सो समाचारको खण्डन गर्दै लेखेका छन्:
‘दधी जी तपाइलाई म चिन्दिन तर तपाईको समाचार पढे । सायद तपाइलाई कसैले दुरुपयोग गर्दै छ । तपाइको समाचार सहि भए सवै वस्तु तपाइकै हुने छन । यदि त्यो सहि नभए तपाइलाई के गर्ने फुर्सद न्युज डट कम यसको जवाफ देही हुनु पर्छ । पीत पत्रकारिता र चाकडीबादको नमुना देखिदैछ।’

biplov

चन्दाको पैसाले चन्दले छोरा प्रकाशलाई ५० लाखको हार्ले डेभिड्सन मोटरसाइकल किनिदिएको भन्ने हल्लाले यतिबेला चन्द माओवादीमा खैलाबैला मच्चिएको खबरलाई र्फुसद डटकमले खबर सार्वजनिक गरेको छ ।

मंसिर ११ गते सम्प्रेषण गरिएको खबरमा विप्लव माओवादीका नेता माइला लामाले ४० लाख खाएको घटना सेलाउन नपाउँदै सबैले भरोसा गरेका चन्दको नयाँ काण्ड सार्वजनिक भएको हो। माओवादी नेता अनिल बिरहीका अनुसार यतिबेला बिप्लव पैसा जम्मा गरेर अर्को चुनावमा लड्ने सोच बनाएको बताईएको छ ।

त्यसै गरी उक्त खबरमा थप भनिएको छ;
चन्दले कार्यकर्ताले उठाएको चन्दाले यस अघि नै दाङ, देउखुरि(७ मा कित्ता नम्वर ४५३४ र ४५४८ का गरि ६ रोपनी जग्गा किनिसकेका छन्। विप्लव माओवादीको नयाँ जनयुद्धको धम्कीलाई कतिपयले चन्दको चन्दा धन्दा भन्न थालेका छन्। बाहिर जनयुद्धको कुरा गरेपनि विप्लव माओवादीका सबै नेता, कार्यकर्ता चन्दा उठाउनै व्यस्त छन्।

विप्लव माओवादीका नेता सन्तोष बुढामगरले चन्दले जग्गा किनेको समाचार हल्ला मात्र भएको बताए। तर अर्का नेता प्रज्जलनले चन्दका पछिल्ला क्रियाकलाप शंकास्पद भएको बताए। प्रज्जवलले भने, उहाँले पनि गरिखाने देखिएन, छोरालाई पचास लाखको बाइक, सालीको नाममा ८ रोपनी जग्गा किनेर कसरी हुन्छ? उनले प्रश्न गरे।

चन्दले छोरा प्रकाशलाई ५० लाखको बाइक किनिदिएपछि चन्दभित्रका इमान्दार कार्यकर्तामा बेचैनी बढेको र लोपी पापीहरु विप्लवलाई देखाएर ठगी धन्दामा व्यस्त भएको नेतृ उमा भुजेलले गुनासो गरिन्।

bike-wid-biplov-son-prkash

के विप्लबले छोरा प्रकाशको लागि ५० लाखको बाईक किनिदिएकै हुन् त? हो, भने यो निन्दनीय र सोचनीय विषय हुन आउँछ ।

एमाओवादीबाट अलिग्गएर वैद्य माओवादीमा समावेश भएका विप्लबले पछि गएर पार्टीको कार्यशैलीमा परिवर्तन नआएको र, वैद्य नेतृत्वलाई निरन्तरता दिन नसक्ने जनाएपछि विप्लबले वैद्य माओवादीलाई फुटाएर एकीकृत क्रान्तिको सैद्धान्तिक जगमा ‘सशस्त्र युद्ध’मा जाने रोडम्याप सहित प्रस्तुत भएर आयो ।

यो पनि पढ्नु होस्

गत वर्षको पौषमा तत्कालिन वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादलले विप्लब पक्षको दाङको तुलसीपुरमै राष्ट्रिय सम्मेलन जारी रहेकै समयमा यो पार्टी कुनै क्रान्तिकारी पार्टी पनि होईन, उनीहरुले तत्काल कुनै क्रान्ति गर्न सक्ने हैसियत नै राख्दैनन् । रुपमा क्रान्तिकारी जस्तो देखिएपनि, सारमा उनीहरु दक्षिण पन्थि नै हुन्।भन्दै ‘विप्लव’पक्षलाई घोर दक्षिण पन्तिको संज्ञा दिएका थिए ।

राष्ट्रियता, जनजीविका र भष्टचारको मुद्धामा अगाडि बढने, ‘भस्टचारी’ को विल्ला भिराउँदै कारवाही गर्ने, समान्तर संविधान र समान्तर सत्ता निर्माण गर्ने तथा राज्यले दमन गरे प्रतिरोधमा उत्रने योजनासहित अगाडि बढने नीति लिएर कार्यकर्तापंक्तिमा विप्लवले उत्साह भर्न खोजेका थिए ।

माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्वको सन्देश दिन सफल भएका विप्लबले जे भनेर पार्टी गठन गरेका थिए, त्यो अनुसारको कार्यक्रम नल्याएपछि अहिले पार्टी भित्रैबाट उनको आलोचना सुरु भएको छ ।सा भा : जनबोली

You might also like More from author