पितृ मोक्ष र उद्धारका लागि देशभरका शिवालयमा बत्ति बालिने

0 16

images

काठमाडौं, १२ मंसिर । पितृ मोक्ष र उद्धारका लागि आज साँझ देशभरका शिवालयहरुमा बत्ती बालिदै छ । यहि बर्ष र अघिल्लो बर्ष मृत्यु भएकाको सम्झना र उद्धारका निम्ति बत्ती बाल्ने गरिन्छ ।

हरेक बर्ष मंसीर कृष्ण त्रयोदशीको साँझ बालिने बत्तीले पितृको मोक्ष एवं उद्धार हुने धार्मीक मान्यता छ । कसैकसैले हरेक बर्ष शिवालयमा नै गइ बत्ती बाल्ने गर्छन् । ठूलो दियो वा तामाको मानोमा घिउ वा तेल राखेर काँचो धागोको बत्ती बाल्ने गरिन्छ ।

images-1

१२ हातको महादीप पनि बाल्ने गरिन्छ । आज साँझ घाम अस्ताउने बित्तिकै शिवालमा बालिएको मुख्य दियोवाट सल्काएर अरु बत्ती सल्काउने परम्परा छ । रातभर बत्ती बालेपछि भोलीपल्ट सूर्योदय नहुदै जलायशमा बिर्सजन गरिन्छ । त्यसपछि भोली बिहान सतबीज छरिन्छ ।

मंसिर कृष्ण चर्तुदशी अर्थात भोली परिवार भित्रका सदस्यका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै धान जौ तील गहुँ चना मकै कागुनो मिश्रीत सतवीज छर्ने चलन छ|सा भा :जनबोली

You might also like More from author