रसुवा केरुङ सडकमा टोकन प्रणाली

0 14

रसुवा, १२ मंसिर । नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धिमा सहजता ल्याउन रसुवा केरुङ सडकमा टोकन प्रणालीको व्यवस्था गरिएको छ । राजमार्गको साँघुरो सडकलाई व्यवस्थित र मर्यादित बनाई मालबाहक सवारी साधनलाई टोकन प्रणाली लागू गरिएको हो ।

राजमार्गको रसुवा प्रवेशद्वार बेत्रावती, स्याफ्रुबेसी र रसुवागढीमा पार्किङस्थल तोकिएको छ । मितेरी पुलबाट एकपटकमा ५० वटा ट्रक कन्टेनर चीनको केरुङतर्फ छोड्ने व्यवस्था मिलाइएको छ ।

kerung-rasuwa

एकातिर नेपाल–चीनको व्यापारिक नाका र अर्कोतर्फ निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना दुवै राष्ट्रिय गौरवका कार्य सहज पार्न ट्राफिक व्यवस्थापन गरी जलविद्युत् र व्यापार व्यवसायको कामलाई निर्वाधरुपमा कार्य गर्न सहजता ल्याइएको बताइएको छ ।

रसुवाको प्रवेशद्वार बेत्रावतीमा आएका सवारी साधनलाई त्यही रोकी क्रमशः टोकन दिँदै जाने र बेत्रावती प्रहरीले टोकनका आधारमा रमना पाएका सवारी चालकले स्याफ्रुबेसीको पार्किङस्थल पुगी अर्को टोकन प्राप्त गरेपछि केरुङ जान पाउने जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ । चीनबाट आयात भएका सामग्रीको भन्सार परीक्षणका लागि रसुवागढीमा व्यवस्था मिलाइएको छ | सा भा :जनबोली

You might also like More from author