३ देखि ६ महिना भित्र बक्सअफिस लागू गरिनेछ । नवल खड्का

0 6

img_8395

नेपाली चलचित्र उद्योगमा नयाँ निर्माता संघको गठन भएको छ । काठमाण्डौंमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो कुरा सार्वजनिक गरिएको हो । विगतमा नेपाल कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता नवल खड्काको अध्यक्षमा गठित चलचित्र निर्माता संघ नेपाल कम्पनी दर्ता ऐन ०६३ अनुसार मुनाफा रहित संस्था विधिवत रुपमा दर्ता भई सार्वजनिक गरिएको कार्यसमितिमा अध्यक्षमा नवल खड्का, सह अध्यक्षमा उदय सुब्बा, प्रथम उपाध्यक्षमा लय संग्रौला, उपाध्यक्षमा सुस्मिता के.सी. र हिकमत थपलिया, महा सचिवमा बिमल पौडेल, सचिवमा मनोज श्रेष्ठ, सह सचिवमा किसन पोखरेल, कोषाध्यक्षमा डिक खड्का, सह कोषाध्यक्षमा क्रिश चौलागाई र ९ जना सदस्य गरी १९ जनाको कार्यसमिति रहेको छ ।

सोे पत्रकार सम्मेलन कार्यक्रम लय संग्रौला सञ्चालन गरेका थिए भने प्रेस बिज्ञप्ती सुस्मिता के. सी. ले सुनाएकी थिईन । कार्यक्रमा बोल्दै अध्यक्ष खड्काले यस नयाँ चलचित्र निर्माता संघ नेपालले आगामी ३ देखि ६ महिनामा बक्स अफिस लागू गर्ने कुरामा जोड दिएका थिए । पत्रकारहरुको प्रश्नमा उनले पुरानो चललित्र संघले बिधि र विधान विपरित कार्य गरेको, चलचित्र क्षेत्रका समस्याहरुको समाधानका लागि, सबै पक्ष र निकायहरु संगको सहकार्यमा नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि यस नयाँ चलचित्र निर्माता संघको गठन गरेको कुरा बताएका थिए ।

नयाँ चलचित्र निर्माता संघ नेपालका अनुसार सबै निकाय र पक्ष संग सहकार्य गर्न चलचित्र क्षेत्रमा निष्पक्ष भएर संस्थाको विधान अनुसार चलचित्र क्षेत्रको हकहित र विकासका लागि कार्य गर्ने संस्थाको आवश्यकता अनुसार यस संस्थाको गठन भएको बताएका थिए ।

img_8431

You might also like More from author