जुठापौवामा विद्युत् विस्तार भएपछि स्थानीयमा खुसियाली

0 3

bulbरामपुर (पाल्पा), ८ मङ्सिर । भौगोलिक कठिनाइले विकासको अनुभूति गर्न नपाएका पश्चिम पाल्पाको जुठापौवाका बासिन्दाले बल्ल विद्युत् सेवा उपभोग गर्न पाएका छन् ।

जुठापौवा गाविस ६ र ७ को १७३ घर परिवारका लागि विद्युत् विस्तार भएपछि उनीहरुमा खुसियाली छाएको छ ।

निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रमको रु १४ लाख ७६ हजार, स्थानीयवासीको प्रत्येक घरबाट २७ दिनको श्रम र विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत् विस्तार भएको उपभोक्ता समितिका सदस्य ङनबहादुर रास्कोटीले बताउनुभयो ।

विद्युत सेवा विस्तारका कारण स्थानीय गुहारथाना माध्यमिक विद्यालयमा अध्यापन गर्ने ३५० विद्यार्थीलाई अब कम्प्युटर शिक्षा दिन सकिने भएको विद्यालयका शिक्षकले बताएका छन् । रासस

You might also like More from author