त्रिविको सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

0 4

काठमाडौं, ८ मंसिर । त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए । उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा ।

उनले वार्षिक प्रणालीमा सास्ती भोगेका थिए । स्नातक तह अध्ययन गर्दा सयमयमा परीक्षा र नतिजा प्रकाशन हुन नसक्दा चारवर्षे कोर्स सकिन साढे पाँच वर्ष लागेको थियो । त्रिविले केन्द्रीय विभागहरुमा लागू गरेको सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा र नतिजा प्रकाशनमा ढिलाइको मुख्य कारण समयमा डिन नियुक्ति नहुनु हो ।

त्रिविले सेमेस्टर प्रणाली शैक्षिक गुणस्तर सुधाका लागि लागू गरेको हो । तर, डिनहरु अल्पकालका लागि नियुक्त भएका कारण विश्वविद्यालयको अवस्था अस्तव्यस्त भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

tu

You might also like More from author