वाईफाई प्यारो भएपछि, सेक्सप्रति महत्व घट्यो

0 9

अहिले वाइफाइ सबैभन्दा महत्वपूर्ण दैनिक आवश्यकता बनेको छ । एक अध्ययन अनुसार ४० प्रतिशत मानिसहरु सेक्स, चकलेट तथा रक्सी जस्ता मानवीय आवश्यकता तथा खानेकुराभन्दा वाइफाइलाई बढि महत्व दिन्छन् ।

वाइफाइ कनेक्टिभिटी सेवा प्रदायक आइपासले युरोप र अमेरिकाका १७ सय जना व्यवसायिक मानिसहरुमा गरेको अध्ययनले यस्तो देखाएको हो । त्यसक्रममा ती मानिसहरुलाई मानवीय आवश्यकता तथा विलासीताका वस्तु र वाइफाइलाई उनीहरुले दिने महत्व कति छ भनेर छुट्टाउन लगाइएको थियो । त्यसक्रममा सहभागीहरुले सबैभन्दा महत्वपूर्ण चिजलाई १अंक दिए भने सबैभन्दा कम महत्वपूर्ण चिजलाई ४ अंक दिए ।

नतिजा अनुसार ४०.२ प्रतिशत अर्थात् सबैभन्दा धेरै मानिसले वाइफाइलाई सबैभन्दा महत्वपूर्ण चिजको रुपमा स्विकार गरेका छन् । वाइफाइको अगाडि सेक्स पनि महत्वहीन बनेको छ र केवल ३६.६ प्रतिशतले मात्र सेक्सलाई सबैभन्दा महत्वपूर्ण ठानेका छन् । १४.३ प्रतिशतले चकलेटलाई तथा ८.९ प्रतिशतले रक्सीलाई सबैभन्दा महत्वपूर्ण चिजको रुपमा लिएका छन् ।

आइपासका प्रमुख व्यवसाय अधिकृत प्याट ह्युम भन्छन्: वाइफाइ केवल इन्टरनेट कनेक्टिभिटीको सबैभनदा लोकप्रिय माध्यममात्र बनेको छैन अन्य धेरै मानवीय आवश्यकता तथा लक्जरीलाई पनि पछि पारेको छ ।

केही वर्षअघि सम्म मानिसहरुले सेक्स, चकलेट र रक्सीलाई भन्दा वाइफाइलाई बढि महत्व दिन्छन् भन्ने कुरा कल्पना बाहिरको कुरा थियो । तर अहिले मास्लोको आवश्यकता पदसोपानमा इन्टरनेट सबैभन्दा आधरभुत तहमै परेको छ ।

वाइफाइले यति धेरै महत्व पाउनुको कारण चाहीँ यसले हाम्रो दैनिक जिवनमा प्रभाव पार्नु नै हो ।

उल्लेखित अध्ययनमा सहभागी गराइएका मध्ये तिन चौथाईले वाइफाइबाट आफ्नो जिवनमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

अध्ययन अनुसार अहिले धेरै मानिसहरु घुमफिरको योजना बनाउँदा समेत होटलमा वाइफाइ कनेक्सन भए नभएको भन्ने आधारमा बसोबासको प्रबन्ध गर्न थालेका छन् ।