वाणगङ्गा र चीनको छिचौबीच सम्बन्ध

0 2

kapilbastu

कपिलवस्तु, ७ मङ्सिर । चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ । चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीचको सम्बन्ध स्थापित गर्न आफूहरु पनि तत्पर रहेको चिनको आन्हुइ प्रान्त सरकारका उपप्रमुख सोएओ गुहोईले बताउनुभयो ।

लुम्बिनी र कपिलवस्तु भ्रमणका लागि आएको चिनियाँ टोली र वाणगङ्गा नगरपालिकाका कर्मचारी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिबीच भगिनी सम्बन्ध स्थापनाका लागि छलफल सुरु गरिएको हो ।

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले चीनसँग विकासमा सहकार्य पाए आफूहरुको नगरपालिकाले ठूलो आर्थिक, सामाजिक फड्को मार्ने बताउनुभयो । यसका लागि चिनियाँ उच्च अधिकारीको सो टोलीले आफूहरुलाई भगिनी सम्बन्ध जोड्न निम्तो दिएको र चाँडैनै सम्बन्ध स्थापित गर्न कानुनी प्रक्रिया पूरा गर्न आफूहरु लाग्ने कार्यकारी अधिकृत खनालले बताउनुभयो ।

चीनको आन्हुइ प्रान्तका वैदेशिक मामिलाकी उपमहानिर्देशक प्रमुख ह्वाङ इङसहित छजनाको टोली वुद्ध जन्मस्थलको वाणगङ्गा नगरपालिकामा सोमबार आएको थियो । चिनियाँ टोलीलाई वाणगङ्गा नगरपालिकामा भव्य स्वागत गरिएको थियो । रासस

You might also like More from author