झारफुकको निहुँमा किशोरी बलात्कार

November 21 2016 09:14

download

बनेपा, ६ मङ्सिर । झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध आज प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहँुमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । ती किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top