द्वन्दमा केही नयाँ गर्ने सोच थापा

0 5

15174491_1217960431644452_261411816_n

काठमाण्डौ बालुवाटारका १९ बर्षिय ठिटो युवक कशिलो र डरलाग्दो शरीरका थिए | उनि पनि आफ्नो बाल्यकाल देखिनै फिल्म खुब हेर्थे र उनलाई पनि नेपाली फिल्ममा लागेर द्वन्द विधामा के हि गर्छु भन्ने लागेको थियो नभन्दै उनलाई शम्भु प्रधानको ‘सक्कली-नक्कली’मा खलपात्रमा खेल्ने अवसर पाए |

कसिलो शरीर भएका उनि फाइट डिरेक्टर राजेन्द्र खड्गी को आँखामा परे र लगातार दर्जनौ सिनेमामा काम गर्दै आए पछी २०६१ सालमा उनले पहिलो चोटी ‘रक्तिम् क्रान्ति’ नामक फिल्मबाट द्वन्द निर्देशक बने त्य्सपछी लगातार ‘बन्धन यो मायाको’,’आवाज मजदूरको’ ,’प्रियेसी’ ‘सौभाग्य’, ‘प्लेगर्ल’, ‘ब्याड ब्वोई’ ‘स्केप’ लगाएत दर्जनौ नेपाली फिल्ममा र भोजपुरीमा ‘हमार सजनी साथ निभाई’ र भोजपुरी फिल्मकी चर्चित नायिका तनु श्री द्वारा अभिनित चलचित्र ‘रफ्तार’ मा द्वन्द निरर्देशन गरिसकेका राजु जंग थापा नेपाली फिल्ममा केहि नौलो प्रयोग गरौं भन्ने सोच भएका द्वन्द निर्देशक हुन् |

14971976_1217960411644454_928025260_n

काममा कडा परिश्रम गर्न रुचाउने र अरुको भन्दा फरक द्वन्द निर्देशन गर्दै आए पनि उनि अरु निर्देशक भन्दा अलि पछिनै छन् | उनका समकालीनहरु नेपाली फिल्मका अहिले चलेका निर्देशकमा पर्दछन | नव नायक प्रदिप खडका देखि महानायक राजेश हमाललाई द्वन्द निर्देशन गरि सकेका थापाको ‘सौभाग्य’ फिल्मको द्वन्दले खुबै तारिफ कमाएको थियो | यतिका राम्रो द्वन्द निर्देशन गर्दा गर्दै पनि तपाईं पछी पर्नु को कारण के हो जस्तो लाग्छ भन्ने प्रश्नमा उनि अलि भाबुक बन्दै भने “ हाम्रो देश नेपालमा फिल्म क्षेत्र मात्र होइन अन्य क्षत्रमा पनि राम्रो काम गर्छु भन्ने ब्येक्ति पछी परेका छन् |

किनकि उनीहरु स्वाभिमान हुन्छन उनीहरु कसैको न चाप्लुसी गर्छन न राजनीत किनकि यो हामि जस्तो स्वाभिमानी मान्छेको विधामा पर्दैन “ | वास्तबमै निर्देशक थपा चाप्लुसी र राजनीति नगर्ने निर्देशकमा पर्छन त्येसैले त कतिपय नामचलेका बयानरहरुले पनि उनीलाई धोका दिएका रहेछन | पहिला पहिला द्वन्द निर्देशक को नाम पोस्टरमा ठुला ठुला अक्षरमा राक्थे अहिले कतिपय पोस्टरबाट हटाउन थालिसकेका छन् नि भन्ने प्रस्नमा उनले भने “ हो यही राजनीति र चप्लुशी को परिणाम यो वास्तवमा यो एकदम गहकिलो बिषय हो द्वन्द निर्देशकको आफ्नो पहिचानको कुरा हो यो, यसमा हामि गम्भीर भएर सोच्नु पर्ने बेला भएकोछ“ |

एक जमाना थियो जहाँ द्वन्द निर्देशकको नामले पनि दर्शक हालसम्म आउंथे र द्वन्दको भरमा पनि फिल्म चल्लेको धेरै उदाहरणहरु छन | तर अहिले त्यस्तो छैन नेपाली द्वन्द निर्देशकहरुको भविष्य कस्तो छ त भन्ने मेरो प्रश्नमा उनको जवाफ यस्तो थियो | “ वास्तवमै भन्नुपर्दा नेपाली द्वन्द निर्देशकहरु को अवस्था एकदमै भयाबह छ | हुनत द्वन्द विधा एउटा फिल्मको लागि अभिन्न अंग हो भएतापनि यो विधा अहिले मारमा परेको छ | यसको कारण भने हामि आफै हौँ |

15129750_1217960518311110_811034790_n

एकअर्काको खुट्टा तान्ने र पाएको काममा पनि केहि नौलो दिन नखोज्ने खाली पुरानै शैली पछ्याउने जसले गर्दा फिल्म बनाउने निर्देशक निर्माता देखि दर्शक सम्मलाई हामीले राम्रो काम देखाएर रिझाउन सकेनौ | यदी हामीले पुनः आफुलाई सच्याउदै जमाना अनुसारको काम गर्न सक्यौं भने हामी आफैले फेरी हाम्रो भविष्य सुरछित गर्न सक्छौं |

अन्तिममा द्वन्द निर्देशक मा हुनुपर्ने गुण र भन्न मनलागेका केहि कुरा गर्न आग्रह गरे “ अनुशासन र कामको क्षमता द्वन्द निर्देशनमा हुनुपर्ने मुख्य गुण हुन् जस्तो मलाई लाग्छ | अब खै के भन्ने त्यही हो रेडिमेड भने पनि र वास्तविक भने पनि नेपाली फिल्म भनेको हजुरहरुकै हो त्येसैले नेपाली आँखाले नै हेरिदिन र माया गरिदिन म आम दर्शकलाई अनुरोध गर्दछु |”

हुनत नेपाली दर्शकले नेपाली फिल्मलाई माया नगरेका भने होइनन | कम अनुभव भएका केहि नबुजि द्वन्द निर्देशनमा हात हालेका जसले गर्दा एउटा सिंगो फिल्मलाईनै खल्लो बनाइदिएको कारणले भने दर्शक पक्कै पनि भड्किएक हुन् | २३ बर्षको लामो फिल्मी यात्राको अनुभवलाई आत्मसात गर्दै समय सापेक्ष द्वन्द निर्देशन गर्दै द्वन्द निर्देशक थापा नेपाली फिल्म उधोमा आफुलाई अझ दरो रुपमा स्थापित हुनेछन भन्ने हामीलाई विश्वास छ |

You might also like More from author