मुगुका किसान व्यवसायतर्फ आकर्षित

November 21 2016 04:37

mugu-1
६ मंसिर, मुगु । कर्णाली अञ्चलको दुर्गम जिल्ला मुगुका स्थानीयले कृषि र पशुपालन पेशा छोड्दै गएका छन् । परम्परागत कृषि र पशुपालन छोडेर उनीहरु व्यवसायतर्फ आकर्षित भएका हुन् ।

मुगुमा मोटरबाटो पुगेसँगै गमगढी लगातका बजारबाट उपभोग्यवस्तु  लान सकिने भएसँगै कृषि तथा पशुपालन बाट उनीहरु व्यवसायतर्फ आकर्षित भएका हुन् ।

खडेरी तथा उत्पादन कम हुने भएकाले पनि मानिसहरु कृषिको बिकल्पमा लागेका हुन् । मोटर र खच्चडको सहायताले उपभोग्य वस्तु सहजै घरवस्तीसम्म पुग्नेभएपछि उनीहरु बजार, तथा खच्चड हिड्ने बाटोको छेउँछाउँमा उनीहरु व्यपार गर्न थालेका हुन् ।

मुगुका ग्रामिण भेकका मानिसहरु विगतमा धान, कोदो, गहुँ, जौ, मकै, सिमी, आलु, कागुनु जस्ता खेतिमा निर्भर थिए । तर पछिल्लो समय मेहनत अनुसार उत्पादन नहुने भएकाले  परम्परागत कृषि छोडेर व्यापार तर्फ लागेको श्रीकोट गाँउका कुलबहादुर बाँनिया बताउँछन् ।

मोटरबाट आधुनिक निर्माण सामग्री जस्तापाता, सिमेन्ट, छड गाँउमै पुगेकाले परम्परागत शैलीका घर पनि विस्तापित हुदै गएका छन् । ढुङ्गा, माटो र काठले बनाइएका र खरले छाएका घरहरु बनाउने क्रम घट्दो छ । मोटर र खच्चरले गाँउ गाँउमा उपभोग्य सामान सजिलै पुर्याउने गरेको र परम्परागत कृषिबाट हुने उत्पादन घटेकाले मानिसहरुलार्इ सानातिना व्यापार तर्फ लाग्न प्रेरीत गरेको छ ।

विगतमा माटो, काठ र ढुङ्गाले बनार्इएका र खरले छाएका घरहरु मात्र देखिन्थे । आजभोली सिमेन्ट छड र जस्तापाता सहजै आपुर्ति भएकाले बजार आसपासमा नयाँ शैलीका आधुनिक घरहरु बनाउने होडबाजी पनि चलेको छ । बजारमा पक्की घरहरुको संख्या बढ्दो छ भने ग्रामीण भेकमा जस्तापाताले छाएका घरहरु बढि संख्यामा बन्दै छन् ।सा भा :अनलाइनखबर

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top