बिन लादेन सन्नी लियोनको फ्यान भएको रहस्य

0 7

sunny-leone

एजेन्सी ।तालिवानी आतंकवादी संगठनका प्रमुख नाइके ओसामा बिन लादेन भारतीय अभिनेत्री सन्नी लियोनको फ्यान भएको रहस्य खुलेको छ । पोर्नस्टारबाट भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री बनेकी सन्नी लियोनलाई लादेनले निक्कै पछ्याउने गरेको रहस्य सन्नीको जीवनमा आधारित वृत्तचित्रले गरेको छ।

बाल्यकालमा करणजित कौर भोहोराको नामबाट बोलाइने भएपनि पोर्न फिल्म खेल्न थालेपछि आफ्नो परिचय फेरिएकी सन्नीको जीवनचित्र मोस्ट्ली सन्नीमा ओसामा बिन लादेन उनको निकै ठूलो प्रशंशक भएको देखाइएको छ । दिलीप मेहताले निर्माण गरेको वृत्तचित्रमा सन्नीले जीवनमा भोगेका उतारचढावका सत्य कथालाई चित्रण गरिएको छ ।

युबट्युवमा ट्रेलर रिलिज भइसकेको वृत्तचित्रमा जिष्म–२, रागिनी एमएमएस–२, ज्याकपट र एक पेहेली लिलाकी नायिका सन्नीले आफ्ना कुरा खुलेरै बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वृत्तचित्रमा संसारकै खतरनाक आतंकवादी ओसामा बिन लादेन उनको फ्यान भएको चित्रण गरिएको छ ।

सन् २०११ मा मारिएका लादेन पाकिस्तानको एबोटाबादमा रहँदा सन्नीका थुप्रै भिडियोहरु हेर्ने गरेको वृत्तचित्रमा देखाइएको छ । टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमार्फत सार्वजनिक भएको वृत्तचित्रले निकै चर्चा पाएको छ । वृत्तचित्रमा सन्नीले पोर्नस्टार हुँदै बलिउडसम्मको यात्रा गरिन् भन्ने देखाइएको छ ।

You might also like More from author