शान्ति सम्झौताको आज एक दशक पूरा, शान्ति खोई ?

November 20 2016 05:48

काठमाडौ, मंसिर ५ । आज मंसिर ५ गते अर्थात सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिनको रुपमा इतिहास लेखिएको छ । शान्ति सम्झौता भएको आज १० वर्ष पूरा भएको छ अर्था एक दशक पुरा भएको छ । शान्ति सम्झौताको १० वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् ।

जनताले शान्ति महसुस गरेका छैनन् । अझैपनि द्धन्दका घाउहरु टालिएका छैनन । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तत्कालिन नेकपा माओवादीले १० वर्ष लामो सशस्त्र युद्ध अन्त्यको औपचारिक घोषणा गरेको थियो ।

shanti-samjhuta

सम्झौतामा उल्लेख भएअनुसार माओवादी सेनाका लडाकु समायोजन तथा संविधानसभामार्फत संविधान निर्माणको काम सकिए पनि केही काम अझै सकिएका छैनन् । द्वन्द्वकालिन घटनासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग बने पनि दुवै अयोगले काम सकेका छैनन् ।

द्वन्द्वकालिन घटनाबारे राजनीतिक तहमा समझदारी बन्न नसक्दा आयोगहरु प्रभावकारी देखिएका छैनन् । हराएकाहरुको टुंगो लागेको छैन । लागेका मुद्धाहरुमा मेलमिलाप भएको छैन । त्यसैले अहिलेपनि जनताले खोई शान्ति ? भनेर प्रश्न गरिरहेका छन् ।सा भा :जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top