अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री सम्मानित

0 1

15152521_1663968713628927_525422695_o
भक्तपुर, ५ मंसिर ।युथ सोसाइटी फर सोसियल वेलफेयरले भक्तपुरका चारजना अन्तर्राष्ट्रिय खेलाडी एवं रेफ्रीलाई शनिबार सम्मान गरेको छ ।
सोसाइटीले शारीरिक सुगठनमा राष्ट्रिय रेफ्री कोर्ष पूरा गरेका पदमलाल शिलाकार, करातेमा अन्तर्राष्ट्रिय र राष्ट्रिय रेफ्री कोर्ष पूरा गरेका क्रमशः राजन चित्रकार र रामशरण त्वाती तथा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्मण बस्नेतलाई सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय जगतमा खेलकुदमार्फत नेपाल र नेपाली युवाको पहिचान र गौरव बढाएको भन्दै उनीहरुलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष तुलसीकुमार त्वायनाले जानकारी दिए ।
सोसाइटीका अध्यक्ष त्वायनाले उनीहरुले ढाकाको खादा ओढाएर शिल्ड दिएर सम्मान गरेका हुन् ।
शारीरिक सुगठनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी शिलाकार नेपाल शारीरिक सुगठनका केन्द्रीय सदस्यसमेत हुन् । त्यस्तै भक्तपुर जिल्ला शारीरिक सुगठन संघका निवर्तमान अध्यक्ष शिलाकारले शारीरिक सुगठनका खेलाडीलाई निरन्तर प्रशिक्षण दिँदै आएका छन् ।
उनले यसै वर्ष नेपाल शारीरिक सुगठन संघद्वारा आयोजित राष्ट्रिय रेफ्री कोर्षसमेत उत्तीर्ण गरेका छन् ।

toilet
त्यस्तै करातेका राष्ट्रिय प्रशिक्षक चित्रकारले भारतमा भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्ष उत्तीर्ण गरेका छन् । करातेकै राष्ट्रिय प्रशिक्षक त्वातीले पनि यसै वर्ष भारतमा भएको रेफ्री सेमिनारमा सहभागी भएर राष्ट्रिय रेफ्री नवीकरण गरेका हुन् ।
तेक्वान्दो आईटीएफका केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले गएको जुलाईमा बेलायतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए । उनी तेक्वान्दोका ‘ए’ लेभलमा रेफ्रीसमेत हुन् ।
कार्यक्रममा सम्मानित खेलाडी तथा रेफ्रीहरुले नेपालमा सरकार एवं राष्ट्रिय खेलकुद परिषद्ले खेल र खेलाडीको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसक्दा खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादन हुन नसकेको बताए ।

15126243_1663969210295544_1691581681_o
उनीहरुले अस्पताल बनाउनुभन्दा रंगशाला बनाउन सरकारलाई सुझाव दिँदै खेलकुदलाई प्रतियोगिताको लागि मात्रै नभई नागरिकको शारीरिक तन्दुरुस्ती, आत्म सुरक्षा र स्वास्थ्यको लागि विकास र विस्तार गर्नुपर्ने धारणा राखे ।

खेलकुदमा लागेर कुनै उपलब्धि नहुने भएकाले खेलाडीहरुले घरपरिवारको साथ र सहयोग पाउन नसक्ने अवस्था अहिले पनि हट्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष हरिशरण बस्नेतले सोसाइटीले युवाहरुले सामाजिक क्षेत्रमा क्रियाशील बनाउनुका साथै खेलकुद पनि लगाउँदै आएको बताए ।

You might also like More from author