मङ्सिर १८ गते लक्स कामना अवार्डस् हुने

0 5

काठमाडौँ, ४ मङ्सिर । यस वर्षको कामना अवार्डस् यही मङसिर १८ गते काठमाडौँमा हुने भएको छ । कामना न्यूज पब्लिकेसन्स्को आयोजनामा हुने अवार्ड वितरण समारोहमा यो वर्ष थप एक नयाँ विधा थपिएको छ ।

‘लक्स पपुलर च्वाइस अवार्ड’ थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा अब ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । एसएमएस मतका आधारमा लक्स व्युटी स्टार छनोट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले अवार्ड हासिल गर्नुहुनेछ । अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको आयोजकको भनाइ छ । ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाएर विजेता चयन गरिनेछ ।
कामना अवार्डस्मा चलचित्र ‘नाइँ नभन्नु ल –४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यस्तै चलचित्र ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर छ’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधाको मनोनयनमा परेको छ ।

lux-kamana-awards-logo
त्यसैगरी अवार्ड वितरण समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । साथै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक चलचित्र, कलाकार वा प्रविधिज्ञलाई जुरी अवार्ड प्रदान गरिनेछ । सङ्गीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।
कामना अवार्डस् समग्र चलचित्र क्षेत्र र चलचित्रकर्मीमा समर्पित हुने आयोजक समितिका निर्देशक समेत रहेका कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभयो ।
विसं २०७१ सालदेखि सुरु भएको अवार्ड वितरण कार्यक्रम गत वर्ष गएको भूकम्पका कारण स्थगन गरिएको थियो । अब भने हरेक वर्ष अवार्ड वितरणलाई निरन्तरता दिइने आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले बताउनुभयो ।
समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

You might also like More from author