सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार तयारः मन्त्री पाण्डे

November 18 2016 07:44

चितवन, ३ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधैँका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।”

मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चागर्दै सुकुम्बासी समस्या समाधानका लागि सरकारलाई सबै दलको सहयोग चाहिएको छ भन्नुभयो ।

माडि बाँदरझुलाका सुकुम्बासीलाई जिल्लाको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने काम सुरु गरिएको उल्लेखगर्दै उहाँले जिल्लाका ऐलानी जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयोजकत्वमा सरकारले एक समिति गठन गरिएको जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले जिल्लाका ६५ स्थानका ऐलानी जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर १० दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सो को आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top