संगीत र गायक मानदेव ताजपुरियाको स्वर रहेको एल्बम सार्वजनिक

0 4

mandev-1-768x475

काठमाडौं –नरहरी प्रेमीको एकल संगीत र गायक मानदेव ताजपुरियाको स्वर रहेको एल्बम ‘पहिलो पथ’ सार्वजनिक गरीएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार, कवि डा नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलगायतले एल्बम सामुहिक बिमोचन गरे ।

कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहले गीत संगीतले सबैको मन जित्न सके मात्र सफल हुने बताउँदै मानदेवले पक्कै पनि आफ्नो परिश्रम, मेहनत गर्दै संगीतको शिक्षालाई सँगै लैजान सके भविश्य उज्ज्वल रहेको बताए ।

एल्बम भित्रको संगीतको पक्षलाई उजागर गर्दै संगीतकार नरहरि प्रेमीले भारतमा गएर रेकर्ड गर्दाका अनुभव सुनाए ।

त्यसैगरी नेपाल सांगीतिक संघका महासचिव एवं संगीतकार सन्तोष श्रेष्ठले एल्बमको समीक्षा गर्दै गायकको मेहनत अनुसार निरन्तरताको खोजी हुनुपर्ने बताए ।

त्यस्तै गीतकार एवं कवि डा।नवराज लम्सालले गायकलाई निरन्तर लाग्न सुझाए ।

पहिलो पथमा अन्जु पन्त, सञ्जीवनी, अनुराधा पौडेलको संयुक्त स्वरलाई पनि समावेश गरिएको छ । एल्बममा मिनसागर लामा, किरण खरेल, डा।भोला रिजाल, डा। नवराज लम्साल, लोकराज अधिकारी, आदर्श सुशील, दिनेश गजमेरको शब्दमा हाम्रो माया, भुलौं भुलौं, झ्याप्पै, फिर्ता लिन, सबले मलाई, छालजस्तै र मिलन पछिको बोलका गीत समावेश छन्

You might also like More from author