कामना फिल्म अवार्डमा पाँच नायिकाबिच प्रतिस्पर्धा

0 38

काठमाडौं । लक्स कामना फिल्म अवार्डमा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञी राज्यलक्ष्मी शाह, पि्रयंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ ।

सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले गर्न लागेको दोस्रो संस्करणमा यसै वर्षवाट लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ । यहि विधामा यी पाँच नायिकाविच प्रतिस्पर्धा हुन लागेको हो ।

आउँदो १८ मंसिरमा हुने अवार्डमा एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने भएको छ । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले अवार्ड हात पार्ने छिन् । अन्य १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ । फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गरे ।

800x480_image59885329

‘लक्स कामना अवार्डस् २०७३’ मा चलचित्र नाईं नभन्नु ल ४ सर्वाधिक २१ विधामा मनोनयनमा परेको छ । त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, डि्रम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधामा मनोनयनमा परेको छ ।

सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यता बमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिनेछ ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयको आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लक्स कामना अवार्ड समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठले बताए ।साभा : अनलाइनखवर