संसदमा महाभियोग प्रस्तावमाथि छलफल हुँदै

November 18 2016 03:56

bhim-bdr-pariyar-mrigaula-pidit

काठमाडौं, ३ मंसिर । व्यवस्थापिका संसद बैठक आज बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे पछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वबित प्रमुख आयुक्त लोकमान सिँह कार्की बिरुद्धको महाअभियोग प्रस्तावका बिषयमा सांसदहरुले धारणा राख्नेछन् ।

कार्कीबिरुद्धको महाअभियोग प्रस्तावमाथि यसअघि तीन दिनसम्म छलफल भएको छ । बैठकमा अहिलेसम्म ४१ जनाले धारणा राखिसकेका छन् । नेकपा एमाले सहितका १ सय ५७ जना सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो ।

कार्कीविरुद्ध संविधान र कानून उल्लघंन गरेको, राज्य संयन्त्र विरुद्ध नै जासुसी गरेको, पदीय मर्यादा र आचरण विपरीत कार्य गरेको, र अदालतको अवहेलना गरेको जस्ता आरोप लागेका छन् ।

महाभियोगमाथिको सैद्धान्तिक छलफल सकेर महाभियोग सिफारिस समितिमा पठाईने छ । समितिले महाभियोग प्रस्ताबमाथि छलफल गरेर एक महिना भित्र छानबिन पूरा गरी महाभियोग लाग्ने÷नलाग्ने प्रतिवेदन दिनुपर्दछ । कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव माथि अझै धेरै सांसदले धारणा राख्न नाम टिपाएकाले पारित गर्न अझै ढिला हुने जनाइएको छ ।

यसैबीच, महाभियोग सिफारिस समितिले आफ्नो कार्यविधि पारित गरेपछि महाअभियोग सम्बन्धी प्रस्ताव अघि बढाउन बाटो खुलेको छ । कार्यविधि पारित गरेपनि राजनीतिक भागबन्डा नमिलेका कारण समितिले सभापति चयन गर्न नसक्दा अझै ढिलो हुने देखिएको छ । आजको बैठकमा संसदका पदाधिकारी तथा सांसदहरुको सेवा सुविधा दोब्बर बनाउनका लागि संशोधन प्रस्ताव पेश हुन सक्ने सम्भावना रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top