यी नेता हुन सरकारसँग खर्च लिने (नामावली सहित)

0 3

काठमाडौं, ३० कात्तिक । सरकारले केही दिन अघि मात्र विशिष्टलाई १५ लाख उपचार खर्च दिने भन्ने कुरा बाहिर ल्यायो। त्यसको केही दिनमै काँग्रेस नेता सुजाता कोइरालालाई उपचार खर्च स्वरुप ५० लाख दिने सरकारी निर्णय भयो।

स्वास्थ्य मन्त्री गगनबहादुर थापाको १५ लाख दिने प्रस्तावलाई नजअन्दाज गर्दै ५० लाख दिएको भन्दै थापाले असन्तुष्टि पोख्दै आएका छन्। भने सुजातालाई दिइएको ५० लाख बिवादमा परेको छ।

स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् । कांग्रेस नेता सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् । ‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाले भनेका छन्, ‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसै सन्दर्भमा कसले कति उपचार खर्च लिए सरकारबाट ? हामीले नामावली समेत पेश गरेका छौ ।

कसले कति उपचार खर्च लिए ?

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख

एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख

पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख

कांग्रेस नेता चक्र बास्तोला- ५० लाख

माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख

पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख

कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख

कांग्रेस नेता खुमबहादुर खड्का- २० लाख

पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान- १३ लाख

You might also like More from author