कांग्रेस निकट तरुण दलको नयाँ नेतृत्व

0 3

download

२९ कात्तिक । कांग्रेस निकट तरुण दलको नयाँ नेतृत्वका लागि शीर्ष नेताहरूले सहमतिको प्रयास थालेका छन् ।

पोखरालमा शुक्रबारदेखि सुरु भएको तरुण दलको महाधिवेशनमा अध्यक्ष र पदाधिकारीका आकंक्षी धेरै भएपछि सहमतिको प्रयास थालिएको हो ।

तरुण दलको नयाँ नेतृत्वका लागि रामचन्द्र पौडेल र खुमबहादुर खड्का समूह मिलेर जाने संकेत पाएपछि सभाति शेरबहादुर देउवा समूह त्रसित बनेको छ ।

नेतृत्वका लागि प्रतिस्पर्धा भएमा कर्ण मल्लले अध्यक्षमा उम्मेदवारी दिने छन् । मल्ला खुमबहादुर खड्का समूहका मानिन्छन् ।

देउवाले गृह जिल्ला डडेलधुरामा कांग्रेस जिल्ला कार्यसमितिमा उठाएका उम्मेदवारलाई पराजित गरेर मल्ल सभापतिमा निर्वाचित भएका व्यक्ति हुन् ।

मल्लको लोकप्रियता देखेर देउवा समूह तरुण दल आफ्नो हातबाट बाहिर जाने हो कि भनेर डराएको स्रोतको भनाइ छ । अध्यक्ष आफ्नो पक्षमा राखेर देउवा समूहले तरुण दलमा सर्वसम्मतको प्रयास गरे पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

देउवा समूहबाट तरुण दललाई उछिट्याउन पौडेल समूह खुमबहादुर खड्का समूहलाई समर्थन गर्ने पक्षमा छ । देउवा समूहले जितजंग बस्नेतलाई अध्यक्षका रुपमा अगाडि देखाएको छ । पौडेल समूहमा अध्यक्षको खासै राम्रो उम्मेदवार छैन ।

कृष्णप्रसाद सिटौलाले पनि तरुण दलमा आफ्नो छुट्ट अस्तित्व देखाउन उम्मेदवार खडा गर्ने पक्षमा देखिएक छन् ।

You might also like More from author