विश्वकप छनौट:मारिनोको पोष्टमा जर्मनीद्धारा गोलको वर्षा

November 12 2016 05:25

7ea80b0b77be55aad74b1f4a26f33dd71478917209

एजेन्सी,कात्तिक २७ । विश्व कप २०१८ को छनौटमा  विश्व विजेता जर्मनीले  शानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले सान मारिनोलाई ८–० ले हराएको हो । जर्मनीको जितमा सर्ज नाब्रीले तीन तथा जोनास हेक्टरले दुई तथा सामी खेडिरा र केविन भोल्लाण्डले एक एक गोल गरे । सान मारिनोका माट्टिए स्टेफानेलीले आत्मघाती गोल गरे ।

सातौं मिनेटमा खेडिराले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । नवौं मिनेटमा नाब्री तथा ३२ औं मिनेटमा हेक्टरले गोल गरेपछि भ्रमण टोली जर्मनी पहिलो हाफमा ३–० ले अघि रह्यो । जर्मनीले दोस्रो हाफमा थप चार गोल गर्‍यो भने एउटा उपहार गोल पायो ।

नाब्रीले ५८ र ७६ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५ औं मिनेटमा हेक्टरले व्यक्तिगत दोस्रो गोल गरे । ८२ औं मिनेटमा सान मारिनोका स्टेफानेलीले आत्मघाती गोल गरे । ८५ औं मिनेटमा भोल्लाण्डले गोल गरेपछि जर्मनी ८–० ले विजयी भयो । लगातार चार खेल जितेको जर्मनी १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top