बाल हिंसा अन्त्य गर्नैपर्छ : अध्यक्ष ओली

November 12 2016 05:14

काठमाडौँ, २७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका नेताहरुले बिहिवार ‘छायाँ’ चलचित्र हेर्नुभएको छ ।

बेलुका कमलपोखरीस्थित चलचित्र घरमा अध्यक्ष ओली र अन्यनेताहरुले बालमनोविज्ञान र बाल यौन दुव्र्यवहारमा आधारित चलचित्र छाया हेर्नुभएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले चलचित्रले बालबालिका माथि हुने गरेको यथार्थ उजागर गरेको प्रतिक्रिया दिँदै बालबालिकासम्बन्धी बलियो कानुन बनाउनुपर्ने बताउनुभयो । उहाँले अझै बालबालिका माथि हिंसा र यौनदुराचार हुने गरेको उल्लेख गर्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । इन्टेक मिडिया प्रालिले निर्माणको गरेको चलचित्र छायाको निर्देशन मनोज पण्डितले गर्नुभएको हो ।

ओलीका साथ एमाले सचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य शङ्कर पोखरेल, केन्द्रीय सदस्य श्रेष्ठसमेत जानुभएको थियो । करिब दुई घन्टाको चलचित्र छायाको छायाङ्कन पोखरामा गरिएको इन्टेक मिडियाका सुरज आचार्यले जानकारी गराउनुभयो । चलचित्र आज पहिलोपटक प्रदर्शन गरिएको थियो । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top