विश्व कप छनौट: उरुग्वेले इक्वेडरलाई हरायो,लुइस स्वारेजले गोल गर्न सकेनन्

0 7

0477b87081ed0c53ffbf5f4600d6a5c31478831708

एजेन्सी,कात्तिक २६ । उरुग्वेले विश्व कप २०१८ को छनौटमा   उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ ।  छनौट अन्तर्गत शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरलाई २–१ ले पराजित गरेको हो ।  । उरुग्वेको जितमा पहिलो हाफमा सेबास्टिएन कोएटिस र डिएगो रोलानले गोल गरे ।

यस्तै इक्वेडरका लागि काइसेडोले एक गोल फर्काए । १२ औं मिनेटमा कोएटिसले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा काइसेडोले इक्वेडरका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि रोलानले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि गोल गर्ने केही राम्रो मौका बनाएको थियो, उरुग्वेले । लुइस स्वारेजले यो खेलमा गोल गर्न सकेनन् तर गोलका लागि राम्रा अवसर भने बताए । ११ खेलबाट २३ अंक रहेको उरुग्वेले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप सोझै छनौट हुने सम्भावना बलियो बनाएको छ ।

 

You might also like More from author