विश्व कप छनौट: चिली कोलम्बियासँग बराबरीमा रोकियो,ब्राभो चोटग्रस्त

November 11 2016 11:12

c6cf567c740be5e727e400d650f9200a1478831361

एजेन्सी,कात्तिक २६ ।  विश्व कप २०१८ को छनौट अन्तर्गत बिहीबार राति भएको खेलमा चिली कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा कोलम्बियाले चिलीलाई बराबरीमा  रोकेको हो । कोलम्बियाले पहिलो हाफमा गोल गर्ने दुई सुन्दर प्रयास गरेको थियो । तर चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले सुन्दर बचाउ गरे ।

राष्ट्रिय टिममा फर्किएका कोलम्बियाका राडामेल फालकाओले गोल गर्न भने सकेनन् । फालकाओ दोस्रो हाफमा मैदान छिरेका थिए । तर उनले गोल गर्न सकेन् र कोलम्बियाको सर्वाधिक गोलकर्ता बन्ने मौका गुमाए ।

फालकाओले अहिलेसम्म राष्ट्रिय टिमबाट २५ गोल गरेका छन् । उनले अर्नोल्डो इगुएरानको कीर्तिमानसँग बराबरी गरेपछि उनलाई पछि पार्न भने सकेका छैनन् । यो खेलमा जेम्स रोड्रिग्वेजले गोल गर्ने सुन्दर प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् ।

चोटग्रस्त एलेक्स सान्चेज बिना मैदान उत्रिएको चिलीले पनि गोल गर्ने केही राम्रा अवसर बनाएको थियो । बराबरीपछि कोलम्बिया ११ खेलबाट १८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट १७ अंक रहेको चिली पाँचौं स्थानमा छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top