नवलपरासीको गैंडाकोट प्रहरीले लागूऔषधसहित पक्राउ

November 11 2016 05:03

images

नवलपरासी, २६ कात्तिक। नवलपरासीको गैंडाकोट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

नारायणी नदी पुलबाट लागूऔषधसहित नवलपरासीको कावासोती ८ निवासी २८ वर्षीय सुरज गुरुङ लाई पक्राउ परेको प्रहरीले जानकारी दीएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार फेनेरागन २ सय थान, टिटिएम २ सय ३० थान लगायतका लागूऔषध उनको साथबाट जपलत गरीएको छ ।

गएराति २ बजे पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top