ट्रम्पविरुद्ध अमेरिकाका बिभिन्न शहरमा प्रदर्शन

प्रर्दशनकारीले भने– उनी हाम्रो राष्ट्रपति हैनन्

0 1

trump-protest-2न्यूयोर्क । हिजोमात्र अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी जनताले बिभिन्न शहरमा प्रर्दशन गरेका छन् ।

हजारौंको संख्यामा सडकमा ओर्लिएका अमेरिकी प्रर्दशनकारीहरुले ‘उनी मेरो राष्ट्रपति हैनन्, टम्प जातीबादी हुन् भन्दै बिरोधमा नाराबाजी गरेका थिए ।

trump-protest-1अमेरिकी टेलिभिजन सीएनएनले न्यूयोर्क, वासिङटन, बोष्टन, सिकागो, अटलान्टा, सान फ्रान्ससिस्को, फिलाडेल्फिया लगायतका ७ वटा शहरमा हजारौंको संख्यामा प्रर्दशनकारी सडकमा ओलिएको जनाएको छ ।

न्यूयोर्कमा करिव ५ हजारको संख्यामा सडकमा उत्रिएका प्रर्दशनकारीले म्यानहाटनस्थित ट्रम्प टावरअगाडी पुगेर प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए ।

trump-protest-3‘ट्रम्प राष्ट्रपति निर्वाचित हुनु धेरै दुःख र पीडाको कुरा हो, एउटा राष्ट्रका रुपमा हामी धेरै अगाडी बढिसक्यौं जस्तो लागेको थियो तर यो परिणामले त हामीले धेरै कदम पछि हटेको प्रष्ट भयो।’ एक प्रर्दशनकारीले सीएननसँग भने ।

trump-protest-4ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टन र वर्तमान राष्ट्रपति बराक ओबामाले समेत निर्वाचन परिणामलाई स्वीकार्दै ट्रम्पलाई बधाइ दिइसकेका छन् । तर, डेमोक्रेटिक पार्टीको होल्ड भएका ठूला शहरका मतदाताहरु यो परिणामलाई सहजै स्वीकार्ने पक्षमा नदेखिएको स्वतःस्फूर्तरुपमा निस्किएका यी प्रर्दशनले देखाएको छ ।

ट्रम्प पक्षधर र बिरोधीवीच सान डियागोमा झडप

यसैवीच सानडियागो शहरमा नव निर्वाचित राष्ट्रपतिको बिरोधमा उत्रिएका प्रर्दशनकारी र ट्रम्प पक्षधरवीच झडप भएको छ । प्रहरीले झडपमा सहभागी केहीलाई पक्राउ गरेको छ ।

ट्रम्पलाई बधाइ दिन ठूलो संख्यामा सडकमा उत्रिएका समर्थक र बिरोधीवीच सडकमा झडप भएको थियो ।

साभा : अनलाइनखबर

You might also like More from author