रक्तचन्द तस्करीको नयाँ तरिका

November 10 2016 04:12

raktachandan1-190x122

काठमाडौं, २५ कार्तिक । प्रहरीले साईटिस महासन्धीमा सूचिकृत रक्तचन्दनको भारी परिमाणको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरको टोलीले ९० लिटर रक्तचन्दनको तेलसहित खोटाङका चन्द्रकुमार केसी र काभ्रेका फडिन्द्र भट्टराईलाई पक्रेको हो ।

वृत्तका डिएसपी डा. मेखबहादुर खत्रीका अनुसार किर्तिपुरमा रक्तचन्दनको तेलको अवैध कारोबार भै रहेको सूचनाका अधारमा दुबैजना तेल सहित पक्राउ परेका हुन । उनका अनुसार ग्यालेनमा राखिएको ९० लिटर तेल प्रतिलिटर एकलाख रुपैयाँमा खरिद बिक्री हुने सुचना प्रहरीले पाएको थियो।

भारतको कर्नाटकबाट नेपाल हुदै रक्तचन्दनको काठ, रक्तचन्दनले बनेका सामाग्री र पछिल्लो केही वर्षयता रक्तचन्दनको तेल चिनतर्फ अवैध तस्करी हुदै आएको छ। पछिल्लो समय रक्तचन्दन तस्करीको मुख्य रुट तातोपानी नाकामा आएको अवरोधसँगै यसको तस्करी र तस्कर प्रहरीले पक्राउ गरेको थिएन।

‘कहाँ, कसका लागि कहाँबाट ल्याएको हो, यस बिषयमा अनुसन्धान भै रहेको छ, बरामद तेल र पक्राउ परेका ब्यक्तीलाई जिल्ला बन कार्यालयमा बुझाएका छौं’, डिएसपी खत्रीले भने।

उनका अनुसार पक्राउ परेका व्यक्तिले प्रति लिटर ३० हजारका दरले बेच्न ल्याएको बताएपनि कसलाई र कहाँ खुलाएका छैन। प्रहरीले चारवटा ग्यालेनमा भरिएको अवस्थामा रक्तचन्दनको तेल बरामद गरेको थियो।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top