ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति

November 09 2016 09:22

trump-elected
जनबोली, २४ कार्तिक।

अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । यससँगै ट्रम्पका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने अहिले ट्रम्पले सम्बोधन गरिरहेका छन् ।

डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाउको छ । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top