संविधान संशोधनबारे छलफल गर्न एमाओवादी बैठक बस्दै

0 4

prachanda_niwas

काठमाडौ, २४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एमाओवादी पार्टीको बैठक बोलाउनु भएको छ । सरकार, सञ्चार, संविधान संशोधन लगायतका विषयमा पार्टीभित्र असन्तुष्टि बढेपछि प्रधानमन्त्री प्रचण्डले आज केन्द्रीय कार्यालयको बैठक बोलाउनु भएको हो ।

बैठक दिउँसो ३ बजेपछि प्रधानमन्त्रीको निजी निवास काठमाडौंको लाजिमपाटमा बस्नेछ । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना हुन थालेपति उहाँ पार्टीभित्र छलफलमा लाग्नु भएको हो । बैठकमा बर्हिगमित लडाकुहरुले उठाएको मागका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

You might also like More from author