कक्षा ११ को परीक्षा सञ्चालनको औचित्य समाप्त भएको निचोड

November 09 2016 02:33

download

काठमाडौँ, २४ कात्तिक । शिक्षा मन्त्रालयले अबदेखि राष्ट्रियस्तरमा कक्षा ११ को परीक्षा सञ्चालनको औचित्य समाप्त भएको निचोड निकालेको छ ।

मन्त्रालयका चार सहसचिव र एक उपसचिवसहित मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो । समितिले कक्षा १० र १२ मा राष्ट्रियस्तरको परीक्षा सञ्चालन गरिएपछि कक्षा ११ को परीक्षाको कुनै अर्थ नरहने ठहर गरेको छ, गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top