जापानी सडकमा बन्यो विशाल खाडल, राक्षक निस्किएको भन्दै उडाइयो मजाक

November 08 2016 06:42

japan-sinkhole

जापानको फुकुओका शहरमा निर्माणाधीन सबवे रेल मार्गमाथिको सडक भासिएर विशाल खाडल बनेको छ । ट्राफिक लाइटसहित सडकको पूरै चौडाई भासिएको छ ।

सातदेखि आठ मिटर फराकिलो सडक पूरै भासिएको मंगलबार बिहानै स्थानीयले जानकानरी पाएपछि आफुहरुलाई खवर गरेको विपद् व्यवस्थापन अधिकारी मोटोहिसा ओडाले बताए ।

यो घटनापनि फुकुओवा शहरको हाकाता वार्ड भएर जाने पाँचवटा मूख्य सडकलाई बन्द गरिएको छ । फुकुओका जापानको प्रमुख व्यवसायिक शहर हो ।

जुनियर हाकाता रेल्वे स्टेसनबाट ३०० मिटरको दूरीमा दुवै पट्टिबाट जमिन भासिएर एकै स्थानमा जम्मा भएको छ । २७ मिटर फराकिलो ३० मिटर जमिन भासिएर १५ मिटरको खाडल बनेको छ । खाडल पानीले भरिएको छ । जमिन भासिँदा पाइप फुटेर पानी जमेको बताइएको छ ।

शहरका अधिकारीहरुका अनुसार जमिन भासिएको सिधा तल सव वे मार्ग बनिरहेको थियो । जुन १.४ किलोमिटरको थियो र हाकाता रेल्वे स्टेसनबाट सिटी सेन्टरसम्मका लागि थियो ।

बिपद् अधिकारी ओदाले पनि आशंका गरेका छन् कि त्यही सव वेको निर्माणका कारण जमिन भासिएको हुनसक्छ ।

जमिन भासिएपछि फुकुओका शहरको १७० घरहरुमा बिजुली काटिएको छ भने जापानी ग्यास कम्पनी सैबुले पनि ग्यास लिक भएको अनुमानमा परिक्षण गरिरहेको छ ।

जापानी अधिकारीहरुले जमिन भासिएको बारेमा गम्भीर अनुसन्धान गरिरहेपनि जापानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कुनै राक्षक जमिनबाट बाहिर निस्कँदा त्यस्तो भएको भन्दै मजाक गरिरहेका छन् ।सा भा अनलाइनखवर

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top