कलाकार किरण केसीले भुवन केसीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म निर्माण गर्ने

0 5

kiran-kcकाठमाडौं । कलाकार किरण केसीले भुवन केसीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।

‘मेरो चालीस वर्ष पुरानो अनुभवलाई समेटेर फिल्म बनाउादै छु फिल्म पक्का मनोरञ्जनात्मक हुनेछ’ किरणले भने । भुवन केसी, मह, उनका मित्र अनुराग कुँबर र कान्छो छोरा सुदन केसी यी चारजनासँग कथा तयार छ ।

चारै समुहको कथा हेरेपछि उपयुक्त मध्ये एउटामा फिल्म बनाउने उनको योजना छ । यसपाली पनि पुरानै समुहसँग मिलेर फिल्म निर्माण गर्ने बताए ।

भुवन र किरण पुराना मित्र हुन् भने उनीहरुले फिल्म बनाउदा एकअर्काविच सल्लाह गर्छन् । १० वर्ष अघि किरणकै लगनीमा बनेको ‘तँ त सार्‍है बिग्रिन नी बद्री’ मा पनि भुवन केसीले मुख्य भुमिका निर्वाह गरेका थिए भने उक्त फिल्म बजारमा चर्चित भएको थियो ।

बिचमा फिल्मको बजार खस्केपछि सिरियल एवं विज्ञापनको सुटिङमा ब्यस्त भएका किरण पुसको पहिलो हप्ता पूर्वपश्चिम ‘महजात्रा’ को तयारीमा छन् ।

You might also like More from author