दीपाश्री निरौलाले अर्को नयाँ फिल्म निर्देशन गर्ने तयारीमा

November 08 2016 03:50

dipa-shree

काठमाडौं । छक्का पञ्जाको सफल निर्देशन गरेर चर्चाकमायकी दीपाश्री निरौलाले अर्को नयाँ फिल्म निर्देशन गर्ने तयारीमा छिन् । दिपक(दीपाको समुहले बनाउने नयाँ फिल्मको निर्देशन पनि उनि हाफैले बताए ।

हाम्रो नयाँ फिल्मको निर्देशन पनि दीपाजीले नै गर्नुहुन्छ हामी केहि दिनपछि कार्यक्रम गरेर सार्वजनिक गर्ने छौं’ दिपकराजले भने ।

छक्का पञ्जापछि हलमा लागेका किस्मत लगायत अन्य चलचित्र पुरानो भैसक्यो तर, पनि छक्का पञ्जा हेर्न हलमा आउने दर्शक घटेका छैनन् । १५ करोड बढी ग्रस ब्यापार गर्न सफल यो चलचित्र अहिलेसम्म सबै भन्दा धेरै ब्यापार गर्ने चलचित्रको रुपमा चिनिन्छ ।

शिबहरि पौडेल ,जीतु नेपाल, बुद्धि तामाङ, वर्षा राउत , प्रियंका कार्की, नम्रता सापकोटा लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top