लोकतन्त्रमा बिद्रोहलाई बेवास्ता गर्न मिल्दैन

0 1

sher-bahadur-deuba

भारतमा “असहमति, लोकतन्त्र र विकास” का विषयमा बोल्न सहभागी हुनु अर्थपूर्ण हुन्छ भन्ने मलाई लागेको छ । भारतको लोकतन्त्र विगत ७० वर्षदेखि विभिन्न विविधताका बीच अगाडि बढेको छ । आज कुनै पनि खालका अलोकतान्त्रिक सरकार बृहत्तररुपमा अमान्य हुनु भारतको स्वतन्त्रता आन्दोलनसँगै यहाँका नेताहरुको व्यक्तित्वको प्रभावको प्रतिविम्व हो । उनीहरुको निर्देशनविना यो यात्रा बिथोलिने थियो । नेपाल लगायत अरु विकासोन्मुख मुलुकहरुमा जस्तै राजनीतिक षडयन्त्र र प्रति-षडयन्त्रको शिकार हुने थियो ।

विषयस्तुमा प्रवेश गर्नुअघि म नेपाल-भारत सम्बन्धका बारेमा छोटकरीमा केही कुरा राख्न चाहन्छु ।

भारत हाम्रो धर्म, संस्कृति, भाषा र भ्रातृत्व जोडिएको निकट छिमेकी हो । नेपाल-भारत सम्बन्ध अविस्मरणीय समयदेखि रहँदै आएको छ । र, सरकार र सरकार बीचका सम्बन्धहरुबाट परिभाषित हुन सक्ने गरी व्यापक र विस्तृत छ । हाम्रा सम्बन्धका आधारहरु कसैले हल्लाउन नसक्ने, मजबुत, अद्वितीय र अतुलनीय छन् ।

हाम्रा सम्बन्धलाई थप मजबूत बनाउँदा हाम्रा दुबै मुलुकका संयुक्त स्वार्थहरु पूरा हुन सक्छन् । हामी साझा लोकतान्त्रिक मान्यता मात्र होइन, समान चुनौतीहरुका पनि सामना गर्न सक्छौं । हामीले दुई पक्षीयका साथै क्षेत्रीय र बहुराष्ट्रिय मञ्चहरुमा समावेशी लोकतन्त्र र दीगो विकास सम्बन्धी हाम्रा आकांक्षालाई सघाएका छौं ।

यो विश्व जहाँ हामी बसेका छौं, चुनौती र अवसरले भरिपूर्ण छ । बेरोजगारी, असमानता, अतिवाद, आतंकवाद र जलवायु परिवर्तन प्रमुख चुनौती मध्येका केही हुन् । जब कि खुलापन, सिधा सम्पर्क र आर्थिक बृद्धिले हामीलाई अघिल्ला शताब्दीहरुमा भन्दा अहिले अकल्पनीय अवसरहरु दिलाएको छ ।

शान्ति र सशक्त वातावरणको सिर्जनाले नै विकासलाई गति दिन सक्दछ । लोकतान्त्रिक पद्दतिले मात्रै विभिन्न आवाज र असहमतिका अभिव्यक्तिलाई सकारात्मक र सिर्जनशील तवरले समावेश गर्न सक्दछ ।

यदि लोकतान्त्रिक पद्दति रहेन भने मुलुकको विकास दिवास्वप्न मात्र हुनेछ । कम खुला राजनीतिक शासन पद्दतिमा पनि विकासका अनुभूति गरिन्छन् तर, यो साँघुरो र केही खास सीमित क्षेत्रमा संकुचित हुन जान्छ । यो कमजोर हुन्छ र कसैका प्रति झुकाव राखेको हुन्छ ।

लोकतन्त्र मात्रै यस्तो शासन व्यवस्था हो, जहाँ उन्नतिको सम्भावना रहन्छ र विकासको प्रक्रिया र प्रतिफलमा कसैले आफू हेपिएको अनुभूत गर्नु पर्दैन । लोकतन्त्रले नै विकासमा समावेशिता सुनिश्चित गर्छ । तसर्थ लोकतन्त्र भनेको कुनै सुखशयल होइन । प्रगति र विकासको गाढालाई लोकतन्त्रको पाङ्ग्रा विना अगाडि बढाउन सकिँदैन । लोकतन्त्र विना नै हामीले यसलाई केही माइल अगाडि धकेल्ने कोसिस गर्‍यौं भने यो दुर्घटनामा पर्ने छ ।

विभिन्न मुलुकका अभ्यासले देखाएको छ कि लोकतान्त्रिक अभ्यास र संस्था विनाका विकासका प्रयत्नहरु असफल भएका छन् । यसरी नै, मुलुकको वृहत्तर स्वार्थभित्र आम नागरिकको लोकतान्त्रिक चाहना प्रतिविम्वित हुन सकेन भने विकासका अवधारणाहरु नै रसातलमा पुग्छन् ।
लोकतन्त्रको मापन भनेको बहुलवादको स्वीकारोक्ति हो, सरोकारवालाको बहुलता, विचार र अभिव्यक्तिको बहुलता हो ।

लोकतन्त्रको उत्कृष्टता भनेको स्वतन्त्रताको सम्मान हो । विचार र अभिव्यक्ति स्वतन्त्रता हो । आवधिक निर्वाचन र बिश्वव्यापी अनुमोदनले नै सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउँछ । हरेक नागरिक सार्वभौमसत्ता सम्पन्न हुने भनेको लोकतन्त्रमा नै हो, सामूहिक आधारको शासन हो । मतपत्र नै नागरिकको चाहनाको प्रतिरक्षा गर्ने साथै लोकतन्त्रको संस्थागत विकास गर्ने सबैभन्दा बलियो हतियार हो ।

यिनै विश्वासका आधारमा ५० वर्षभन्दा अघि मैले राजनीतिक यात्रा प्रारम्भ गरेको हूँ । मेरो संघर्षको केन्द्र भनेको आम नागरिकको आर्थिक विकासका लागि शान्तिपूर्ण बिद्रोहका आधारमा लोकतन्त्रको स्थापना गर्नु थियो ।

लोकतन्त्र राजनीतिक संस्कारका साथै राज्य सञ्चालनको स्वरुप हो । गतिशीलताको एउटा पूर्ण प्रक्रिया हो । यो गतिशीलताको स्रोत बिद्रोह र सम्वादको स्वस्थ सम्मिश्रण हो । शान्तिपूर्ण बिद्रोहलाई स्वीकार नगर्ने कुनै पनि राजनीतिक पद्धति लामो समय टिक्न सक्दैन । बिद्रोहलाई सत्ता र शक्तिको आडमा दमन गर्नेहरुलाई इतिहासले क्रूरतापूर्वक दण्डित गरेको छ । शान्तिपूर्ण बिद्रोहले सिर्जनालाई प्रोत्साहित गर्दछ र विकासका लागि प्रतिस्पर्धात्मक र स्वच्छ सल्लाहहरु उपलब्ध गराउँछ । यसले आम नागरिकको चाहना, उनीहरुको भावना र आवश्यकताका बारेमा सरकारलाई दीक्षित गराउँछ ।

अहिलेको आधुनिक लोकतान्त्रिक पद्दतिमा सार्वजनिक सुनुवाइ र अन्य माध्यमबाट असहमति र सम्वादका लागि यथार्थ र परोक्ष मञ्चहरु उपलब्ध गराउने गरिन्छ । उपलब्ध सुझावहरुका आधारमा नीति निर्माताहरुले विकासका समग्र पक्षलाई प्रतिविम्वित गर्न सक्दछन् । अन्तिम लक्ष्य प्राप्त गर्नका लागि प्राथमिकताको निर्धारण र त्यसका लागि गरिनु पर्ने कार्यक्रमहरु तय गरिन्छन् ।

हामीले यो बिर्सन हुँदैन, असहमति भनेको लोकतन्त्रको सुरक्षाकवच मात्र नभएर विकासको अग्रमोर्चाको सुरक्षा पनि हो ।

बिद्रोह सधैं शान्तिपूर्ण तवरमा मात्र अभिव्यक्त हुँदैन भन्ने चुनौतीको आज हामी सामना गर्दैछौं । हिंसा र आतंक बिद्रोहका अन्यन्त कुरुप पक्ष हुन् । बिद्रोहको आवाज उठाउनका लागि हिंसाको प्रयोग कुनै पनि बहानामा मान्य हुन सक्दैन । यसले लोकतन्त्रको मान्यता र विकासको चाहनालाई असफल बनाउँछ । हिंसात्मक बिद्रोहले राजनीतिक पद्धति र विकासको प्रक्रियालाई नै क्षति पुर्‍याएको यथार्थ हामीले नेपालमै पनि अनुभव गरिसकेका छौं ।

अर्कातिर, शान्तिपूर्ण बिद्रोहको प्रभावकारितालाई बेवास्ता गर्न मिल्दैन । जबसम्म शासकहरुले बिद्रोहको आवाजलाई क्रूर दमनबाट सुन्ने गर्छन्, यसको परिणाम अन्ततः राज्य नै कमजोर हुन पुग्दछ । बिद्रोहलाई क्रुरतापूर्वक दवाएर खोजिएको अनिच्छित सहमति टाइम बमको सूचक जस्तै हो । बिद्रोहका अत्याधिक आवाजले सरकार सञ्चालनका प्रक्रियामा अवरोध खडा गर्न सक्छ र लक्ष्यमा पुग्नका लागि लामो समय लाग्न सक्छ । यसलाई धैर्यताका साथ सुन्न सक्नु पर्छ । लोकतन्त्रमा लक्ष्यमा पुग्ने माध्यम मात्र महत्वपूर्ण हुँदैन, लक्ष्य पनि दीगो हुनु आवश्यक छ ।

मैले मेरो जीवन र मेरो उर्जा नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्पण गरेको छु । मैले निरंकुश सत्ताका बिरुद्ध बिद्रोहका आवाज उठाएँ । निरंकुशता, बिद्रोह र लोकतन्त्रको सम्भावनासँग सधैं तर्सिरहृयो । बिद्रोहलाई यातना र कारावास दिइयो । मेरा विचार र मेरो बिद्रोहका आवाजलाई अपराध मानेर नौ वर्षसम्म मलाई कारावासमा राखियो । त्यो क्रुरता र यातनाले मेरो बिद्रोहको भावनालाई मार्न सकेन ।

लोकतन्त्र स्थापनाको प्रतिवद्धता कारावासभित्र कैद हुन सक्दैनथ्यो । मानव मष्तिस्कलाई कहिल्यै कारावासमा कैद गर्न सकिदैन र स्वतन्त्रताको मान्यता सधैं अमूल्य हुन्छ ।

हरेक व्यक्तिमा आफ्नै खालका आदर्श, अवधारणा, चाहना र विचार हुन्छ । मानवको त्यो विविधतायुक्त व्यक्तित्वको स्वीकारोक्ति नै लोकतन्त्रको प्राण हो ।

हरेक समाजमा विचारको एकरुपता न अपेक्षा गर्न सकिन्छ, न त सुनिश्चित नै ।

एकात्मक समाज निर्माण गर्ने कुनै पनि खालको प्रयास गलत प्रयत्न मात्र हो । लोकतन्त्रमा बहुमत बिरुद्ध अल्पमत सधै कायम रहन्छ । अभिमुखीकृत आदर्श र प्राथमिकताहरुका मापनमा विविधता हुन्छ । विविधताको त्यो सम्मिश्रणबाट हामीले समाधान खोज्नु पर्छ, जहाँ शान्तिपूर्ण बिद्रोहको एउटा पनि आवाज दमित नहोस् ।

आकार र जनसंख्यामा सानो भए पनि नेपाल विविधतायुक्त मुलुक हो । हाम्रो मुलुक जाति, धर्म, भाषा र पहिचानका विविधतायुक्त धागो हो । हामीबीच रहेको यो विविधताप्रति हामी सदैव सचेत छौं ।

नेपाली नागरिकको विविधतायुक्त चाहना र लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न तथा विकासलाई गति दिने समावेशी राज्य संयन्त्र निर्माण गर्न हामीले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित संविधानसभा मार्फत नेपालको संविधान जारी गरेका छौं । यसो गरिरहँदा हामीले विभिन्न समय र विभिन्न मञ्चमार्फत अभिव्यक्त भएका चाहनालाई ध्यान दिएका छौं ।

त्यसैले नेपालको संविधानले महिला, दलित, आदिवासी समुदाय र मधेसी नागरिकको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । यसका अतिरिक्त, राजनीतिक रुपमा उत्पन्न हुन सक्ने विभिन्न विचार र बिद्रोहका आवाजलाई नागरिकको चाहना बमोजिम संशोधन मार्फत संविधानमा समेट्न सकिने व्यवस्था सुनिश्चित गरिएको छ ।

यसै सन्दर्भमा संशोधनको प्रक्रिया मार्फत मधेसी नागरिकका आवाजलाई सम्वोधन गर्न र संविधानमा समेट्नका लागि हामीले बहस र छलफलहरु प्रारम्भ गरिसकेका छौं ।

मेरा भनाइलाई टुङ्ग्याउनु अघि, शान्तिपूर्ण बिद्रोहले नै लोकतन्त्रलाई जीवन्त र विकासलाई दीगो बनाउन सक्छ भन्ने कुरामा म फेरि एकपटक जोड दिन चाहन्छु । र, बिद्रोहलाई गतिशीलतामा रुपान्तरण गर्न यसलाई समेट्न सक्ने दक्षता लोकतन्त्रका नेताहरुको जिम्मेवारीभित्र पर्दछ । यसले नै लोकतन्त्रलाई सवल र विकासलाई गतिशील बनाउँछ ।

साभा :अनलाइन खवर

You might also like More from author