बंगलादेशको एक घरबाट प्रहरीले ४० मानव कंकाल फेला

November 07 2016 03:20

manab-kappar

एजेन्सी, कार्तिक २२ । बंगलादेशको राजधानी ढाकास्थित एक घरबाट प्रहरीले ४० मानव कंकाल फेला पारेको छ । प्रहरीका अनुसार ४० वटा खोपडी र अन्य हाड फेला परेको हो । प्रहरीले एक मेडिकल छात्रलाई पक्राउसमेत गरेको छ ।

पक्राउ गरिएको छात्रले मेडिकल पढाइ गर्ने विद्यार्थीका लागि ४५० डलरमा मानव कंकाल बेच्ने गरेको स्वीकारेको प्रहरीको दाबी छ । ती छात्रले शहर बाहिर स्मशान घाटबाट शव उत्खनन् गरी कंकाल ल्याउने गरेको र विभिन्न केमिकल र उपकरणबाट सफा गरी मेडिकलका विद्यार्थीहरुलाई उपलब्ध गराउने गरेको अनुमान प्रहरीले गरेको छ ।

manab-khappar

प्रहरीले ती छात्रको घरबाट ठूलो परिमाणमा केमिकल पनि बरामद गरेको छ । पक्राउ गरिएको छात्रको परिचय भने प्रहरीले खुलाएको छैन । उनका अन्य सहयोगीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top