करिश्मा मानन्धर अमेरिकामा छँदा धेरै रात रोएरै बिताए

November 06 2016 04:55

images-7

काठमाडौं । नयाँ शक्ति पार्टीमा आबद्ध भएर समाज सेवा गर्ने सोच बनाएकी नायिका करिश्मा मानन्धरलाई नेपाल नै सबै भन्दा प्यारो लाग्छ ।

चलचित्र बाबु साहेबको असफलतापछि बिरक्तिएर अमेरिका पलाईन भएकी करिश्मा दुई वर्ष भन्दा बढी अमेरीका टिक्न सकिनन् । भविष्य सफल बन्छ भन्दै अमेरिका गएकी करिश्माले त्यहि पुगेपछि थाह पाइन् अमेरिकामा पुगेर करिअर बनाउन सजिलो रहेनछ ।

तै पनि सेटल हुन सकिन्छ कि भनेर ब्यापार पनि गरिन् । तर, उनको मन स्थिर भएन । भन्छिन् ‘मैले त आफुलाई त्यहाँ विल्कुल एक्लो महसुस् गरेँ र दुई वर्षमै फर्किएँ’ अमेरिकामा छँदा धेरै रात रोएरै बिताएको भन्न धक मान्दिनन् उनी । श्रीमान र आमाको यादले पटक पटक सतायो उनलाई ।

नेपालको हावापानी र रहन सहन वास्तवमै लोभलाग्दो भएको उनको बुझाई छ । बाँकी जीवन नेपालमै बिताउने सुरमा रहेकि करिश्मा राजनीति मार्फत समाजसेवा सुरु गरेको धारणा राख्छिन् ।

राजनीतिमा प्रवेश गरेपनि उनको फिल्मी मोह भने टुटेको छैन । गएको वर्ष फागु नाम राखेर फिल्म बनाएकी करिश्मा फेरि नयाँ फिल्मको तयारी गर्दैछिन् । राम्रो भुमिका पाएमा अन्य चलचित्रमा समेत काम गर्ने उनको योजना छ । भन्छिन् ‘जुनसुकै चलचित्रमा काम गर्दिन । राम्रो भुमिका पाएँ भने काम गर्छु’ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top