भोट गरौं,नेपाली धाविका मीरालाई अवार्ड जिताऔं,यसरी गर्न सकिन्छ भोट

November 05 2016 12:03

30ff39af3d7f12bf9432d94fb68399fe1478244733

काठमाडौं, कात्तिक २० —नेपाली अल्ट्रा धाविका मीरा राई वर्ष २०१६ को उत्कृष्ट साहसिक साहसी खेलसँग सम्बन्धित व्यक्तिलाई प्रदान गरिने अवार्ड ‘एड्भेन्चर्स अफ द इयर’ को मनोनयन सूचीमा परेकी छिन् ।

विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये बाट १२ औं संस्करणको लागि १० जनाको अन्तिम मनोनयन सूची सार्वजनिक गरेको छ ।

विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ भने आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिनेछ । उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइट मार्फत भोट दिन सकिनेछ ।

मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु मनोनयमा राखिएका छन् । मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टिम छन् ।

भोजपुरकी मीराले दुई वर्ष देखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ वर्षीय मीरा राई तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी थिइन् ।

काठमाडौं शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।

विश्वव्यापी रुपमा सुरु भएको भोटिङको दोस्रो दिन यो समाचार तयार पार्दसम्म मीरा दोस्रो स्थानमा रहेकी छन् । उनले १ ६४ भोट पाएकी छन् । उनीभन्दा अगाडि सेलेस्टियल सर्कुमनेभिगेटर होकुले टिम २ सय ३४ भोट सहित शीर्ष स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top