मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

November 05 2016 11:54

mansarovar645_1316528694धनगढी, २० कात्तिक । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।
नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।
अभियानको समर्थन गर्दै शुक्रवार यहां आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ताक्षर गर्नु भयो ।
बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताउनु भयो ।
हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
दिल्लीवाट धनगढी,डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवर सम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top