स्थानीयबासिन्दाले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

November 05 2016 08:15

images-1

कात्तिक, लहान २०। गोलबजार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयबासिन्दाले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

कार्यालय भवन निर्माण गर्न गोलबजार नपा–६ का स्थानीय धर्मसिंह तामाङले छ कठ्ठा, पदमलाल लामा र मदनकुमार लामाले तीन÷तीन कठ्ठा निःशुल्क प्रदान गर्नुभएको हो ।

पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर आसपासको क्षेत्रमा जग्गादान गर्न सूचना प्रकाशन गरिएपछि उहाँहरुले भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गरेको गोलबजार नपाका कार्यकारी अधिकृत राजकुमार दासले बताउनुभयो ।

उक्त जग्गाको मूल्य करिब रु तीन करोड रहेको बताइएको छ । ती जग्गा नगरपालिकाको नाममा नामसारी भइसकेको र छिट्टै योजना बनाएर भवन निर्माण सुरु गरिने कार्यकारी अधिकृत दासले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top