फलफूलको कारोबारमा वृद्धि

0 10

falful-fruit
इनरुवा ,२० कात्तिक । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि हुन पुगेको छ ।

छठ पर्वका अवसरमा प्रयोग गरिने नरिवल, मुला ,उखु , सुन्तला,कागती, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा भारी वृद्धि भएसँगै यी समानको मूल्य समेत उच्च भएको छ । मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

अहिले बजारमा प्रतिगोटा ७० देखि एक सय रूपैयाँसम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले जानकारी दीए । तिहारमा समेत नरिवल बिक्री बढी भएकाले छठपर्वमा यसको मूल्य अकासिएको व्यापारी शर्माको भनाइ छ ।

You might also like More from author