जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

November 05 2016 04:38

जनकपुर, २० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। नेपाल भ्रमणमा गत बुधबार आएका मुखर्जीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। सोही अवसरमा जनकपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गरेका हुन्।

नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्यालगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको छ।

यस अघि नेपाल सरकारका उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर परिसरमा मुखर्जीलाई स्वागत गरेका थिए। दिउँसो ११स्३७ बजे जनकपुर विमानस्थलमा आइपुगेका मुखर्जी १३स्२७ बजे पोखराकालागि उडेका छन्। उनको स्वागतको लागि उपप्रधान एंव गृहमन्त्री निधिसमेत सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही र क्षेत्रीय प्रशासक विनोद केसीलगायत जनकपुरमा उपस्थित थिए। नागरिकबाट

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top