भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

November 03 2016 10:16

 महाविद्यावारिधि भारतीय राष्ट्रपतिलाई भारतका राष्ट्रपति प्रणव मुखर्जी समुपस्थित काठमाडाँै विश्वविद्यालयद्वारा मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्न बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाँै विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित हुनुभएको छ । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुभएको हो ।

काठमाडौँ विश्वविद्यालयद्वारा आज आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहनुभएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top