काठमाडौं उपत्यका सहित काभ्रेको बनेपा, धुलिखेल र पाँचखालसम्मलाई लोडसेडिङ मुक्त बनाउने

0 9

download-3

काठमाडौ, कार्तिक १८ । सरकारले काठमाडौं उपत्यका सहित काभ्रेको बनेपा, धुलिखेल र पाँचखालसम्मलाई विद्युत्भार कटौती (लोडसेडिङ) मुक्त बनाउने तयारी गरेको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनका लागि आवश्यक गृहकार्य अघि बढाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उपत्यकालाई लोडसेडिङमुक्त बनाउन प्रसारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा उच्चस्तरिय विज्ञ समिति गठन गरिएको छ । समितिमा योजना निर्देशनालय र वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक, विद्युत व्यापार विभागका प्रमुख, प्रणाली सञ्चालन विभाग प्रमुख सदस्य रहुनुभएको छ । उहाँका अनुसार समितिले एक साताभित्र लोडसेडिङमुक्त बनाउनका लागि आवश्यक पर्ने विद्युत् आपूर्तिको सम्भावित विकल्पसहित प्रतिवेदन बुझाउने छ ।

तिहारभरी काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल र पाँचखाललाई लोडसेडिङ मुक्त गराउन सकिएकोलेले अन्य समयमा पनि बिधिन्न बिकल्प अपनाउन सके उपत्यका सहित आसपासका मूख्य सहरलाई लोडसेडिङ्ग मुक्त बनाउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तिहारको समयमा ३ सय १० मेगावाट बिजुली आपूर्ति गरेर लोडसेडिङ मुक्त बनाउन सम्भव भएकाले त्यसै अनुसारको थप बिद्युत आपूर्तीको ब्यवस्था गर्न सकिए चौबिसै घण्टा बिद्युत आपूर्ती गर्न सकिने जनाएको छ ।

You might also like More from author