एकै दिन ४० किलो एकै दिन ४० किलो सुनको कारोबार भयो कारोबार भयो

0 41

images-5

काठमाडौं, कार्तिक १३ । नेपालीहरुको दोस्रो ठुलो पर्व दिपावली ९तिहार० ले गर्दा सुन चाँदीको कारोबार ह्वात्तै बढेको छ । शुक्रबार एकै दिन ४० किलो भन्दा सुनको कारोबार भएको छ । धनत्रयोदशीका कारण धेरै सुन चादीको कारोबार भएको गहना व्यवसायीले जनाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले शुक्रबार ४० किलो भन्दा बढी सुन तथा ६०० किलो भन्दा चाँदीको कारोबार भएको बताए। सुन भन्दा पनि चाँदीको कारोबारमा उल्लेख्य बृद्धि भएको हो। धनत्रयोदशीमा चाँदीबाट निर्मित गणेश एवं लक्ष्मीको मुर्ती किन्ने चलन छ। सामान्य अवस्थामा चाँदी दैनिक १५० किलो बिक्री हुने चाँदी आज चार गुणा बढी कारोबार भएको हो।

सुन पनि सामान्य अवस्था भन्दा पाँच किलो बढी कारोबार भएको शाक्यले जानकारी दिए। अरुबेला बढिमा दिनको ३५ किलो सम्म सुन कारोबार हुन्थ्यो। तिहारमा लक्ष्मीपुजा आउने एक साता अघिदेखि नै सुनचाँदीको कारोबार बढ्दै जाने गरेको उनले बताए। लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशी का द्रब्य जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास ९धातुका भाँडा० चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।

शाक्यका अनुसार धनत्रयोशीमा सुनचाँदी खरिद गर्ने परम्परा भारतबाट सुरु भएको हो। ुहाम्रो पौराणिक मान्यता अनुसार लक्ष्मीपुजामा पित्तलको भएपनि भाँडा चढाउदा फलिफाप हुन्छ भन्ने थियो, उनले भने, तर २०५० को दशकबाट नेपालमा भारतिय टिभी च्यानलको प्रभाव बढेको र त्यहिँबाट धनतेरासमा सुनचाँदी चढाउनुपर्छ भनेर नेपालीहरु यसतर्फ आकर्षित भएका हुन् । आज सुन चाँदी पसलहरु विषेश तवरले झकी झकाउ बनाइएको छ। नयाँ सडक क्षेत्रका सबै गहना पसलमा बिहानै देखि ग्राहकको घुइँचो लागेको थियो। साँझ पर्दै जाँदा किन्नेको भिडभाड अझ बढेको व्यवसायीहरुले बताएका छन्।

सुनको मूल्य समेत बढ्यो
एक सातामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। साताको सुरुवातदेखि स्थिर रहेको सुनको भाउ शुक्रबार तोलामा दुई सय रुपैयाँले बढेको हो। शुक्रबार आन्तरिक बजारमा सुन तोलामा ५६ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश पाँच अमेरिकी डलरले बढेका कारण नेपाली बजारमा पनि मूल्य प्रभावित भएको शाक्यले बताए । विहिबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश एक हजार २६७ अमेरिकी डलर थियो। शुक्रबार यो मूल्य बढेर एक हजार २७२ अमेरिकी डलर पुगेको हो।

साभार ः जन बोली