धान काट्ने यन्त्र भित्रिएपछि कृषक मजदुर अभावको समस्याबाट मुक्त

October 29 2016 09:00

download-15

पथरी (मोरङ) १३ कात्तिक । मोरङमा यन्त्रबाट धान काट्ने काम सुरु गरिएको छ । मोरङ बबिया विर्ताका कृषकले यन्त्रबाट धान काट्न सुरु गरेका हुन् । धान काट्ने यन्त्र भित्रिएपछि बबिया विर्ताका कृषक मजदुर अभावको समस्याबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा धान काट्ने यन्त्र दिएपछि कृषकहरु मजदुर अभावको समस्याबाट मुक्त भएका हुन् ।

गाँउघरमा युवाहरु नभएको र खेती बाँझो राख्न नचाहने कृषकलाई यान्त्रिकीकरणले धेरै सुविधा दिएको र खेती गर्न उत्साह बढाएको कृषक पारस मणी पौडेल बताउनुहुन्छ । सो यन्त्रले पाँच घन्टामा एक बिगाहा जग्गाको धान काट्ने गर्छ । परीक्षणका रुपमा यस आर्थिक वर्षमा दुई कृषकलाई अनुदानमा धान काट्ने यन्त्र प्रदान गरिएको कार्यालयको भनाइ छ ।

माटाको भाँडाको बिक्री बढ्यो
तिहार र छठ नजिकिएपछि पथरीमा माटाका भाँडाको व्यवसाय तीन गुनाले वृद्धि भएको छ । असोजमा महिनामा दैनिक करिब रु ८०० को भाडा बिक्री हुने गरेपनि कात्तिक लागेपछि दैनिक रु एक हजार देखि तीन हजार ५०० सम्मको भाँडा बिक्री हुने गरेको केचनाका भाँडा व्यवसायी जनक राजवंशीले बताउनुभयो ।

पथरी, शनिश्चरे, शुक्रबारे, कीर्तिपुर, केचना, कुशे, वयरवनका बजारमा माटाका भाँडाको व्यापार निक्कै फस्टाएको शनिश्चरेका अर्का भाडा व्यवसायी रामनारायण साहले बताउनुभयो । शनिश्चरे नगरपालिकामा भाडा व्यवसाय गरेर ५० घरपरिवारको गुजारा चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top