‘चाडपर्व सबैका साझा’

0 18

images-4

काँकडभिट्टा (झापा), १३ कात्तिक । सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले नेपाली चाडपर्व सबै जाति र समुदायको साझा बन्दै गएको धारणा व्यक्त गर्नुभएको छ ।

तिहार, छठ, चासोक तङ्नाम र नेपाल संवत्का उपलक्ष्यमा नेकपा(माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले आज बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा खुला सडक दौड प्रतियोगिता कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कार्कीले मुलुकले अहिले सबैको स्वाभिमान र सम्मान कायम हुने फराकिलो राष्ट्रवादको नीति अवलम्बन गरेको बताउनुभयो । बिर्तामोडको मुक्तिचोकमा भएको चार किमी दौडमा मधुमल्ला मोरङका २१ वर्षीय यामदेव राई प्रथम भई रु ११ हजार पुरस्कार पाएका छन् ।

यसैगरी शनिअर्जुन झापाका अजय दनुवार दोस्रो, बिर्तामोडका सन्तोष दास तेस्रो र शनिअर्जुनका प्रकाश दनुवार चौथो विजेता हुनुभएको छ । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु सात हजार र साइकल पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा झापा सांसद सुधीर शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस