अव २० वर्ष पुरानो सवारीसाधन चलाउन नपाउने

0 4

download-11

काठमाडौं, १३ कार्तिक । अब काठमाडौं, भक्तपुर, ललितपुरका सडक वाट बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउने भएको छ।

अवके २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताउनु भयो।

‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णय भए अनुसार हामीले हटाउन लागेका हौं, भन्ने महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’

मन्त्रिपरिषदले २०७१ भदौ २६को बैठकले २० वर्ष पुरानो सवारीसाधन चलाउन नपाउने निर्णय गरेको थियो ।

 

You might also like More from author